२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस विशेष महाधिवेशन : संशोधित कार्यतालिका सार्वजनिक, मतदान राति ८ बजे

Nada
२०८२ पुष ३० गते १५:१७
Shares
कांग्रेस विशेष महाधिवेशन : संशोधित कार्यतालिका सार्वजनिक, मतदान राति ८ बजे

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरेर सार्वजनिक गरिएको छ ।

ncell

महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५:०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ ।

त्यस्तै उम्मेदवारी फिर्ताको समय ५:०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । राति ८ बजेदेखि  राति ११ बजेसम्म मतदानको समय तोकिएको छ ।

ताजा खबर

सम्बन्धित खबर