२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

यस्तो बन्यो सिंहदरबारमा राष्ट्रिय सभा हल (तस्बिरहरू)

Nada
२०८२ पुष ३० गते १३:१४
Shares
यस्तो बन्यो सिंहदरबारमा राष्ट्रिय सभा हल (तस्बिरहरू)

काठमाडौं : गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय सभाको बैठक माघ ४ गतेका लागि आह्वान गरिएको छ।

ncell

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई मर्मत तथा विस्तार गरी राष्ट्रिय सभा बस्ने व्यवस्था मिलाइएको हो । सो बैठक कक्षमा राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूका लागि आवत–जावत गर्ने मार्ग निर्माण गरिएको छ ।

त्यसैगरी, दर्शकदीर्घा र सञ्चारकर्मीहरू बस्न मिल्ने स्थानको समेत व्यवस्था गरिएको छ । हाल उक्त बैठक कक्षमा माइक, क्यामेरा तथा साउण्ड सिस्टम जडान गर्ने कार्य भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर