२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवार मनोनयनको समय थप

Nada
२०८२ पुष २९ गते १७:१४
Shares
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवार मनोनयनको समय थप

काठमाडौं : नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ताको समय थप गरिएको छ । 

ncell

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको समय थप गरिएको जनाएको हो । 

समितिका अनुसार कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ तथा निर्वाचन निर्देशिका २०८२ बमोजिम मनोनयन पत्र दर्ता गर्ने समय आज साँझ ६ः३० बजेदेखि ७ः३० बजेसम्म कायम गरिएको छ । 

मनोनयन दर्ता भृकुटीमण्डमा हुने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । 

कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मंगलबार नै मतदान प्रक्रिया सम्पन्न हुने कार्यतालिका छ ।

ताजा खबर

सम्बन्धित खबर