२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

देउवा र विशेष महाधिवेशन पक्षबीच दोस्रो चरणको वार्ता बालुवाटारमा

Nada
२०८२ पुष २९ गते १५:४६
Shares
देउवा र विशेष महाधिवेशन पक्षबीच दोस्रो चरणको वार्ता बालुवाटारमा

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन र सभापति शेरबहादुर देउवा पक्षधरबीच दोस्रो चरणको वार्ता बालुवाटारमा सुरु भएको छ । यसअघि बिहान भएको छलफल ठोस निष्कर्षविनै सकिएको थियो ।

ncell

पार्टी विभाजनको जोखिम टार्ने उद्देश्यले भइरहेको वार्तामा सहमति खोजिने नेताहरूले बताएका छन् । आइतबारदेखि गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु भएपछि विवाद चर्किएको छ ।

वार्तामा विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् भने देउवा–शेखर समूहबाट बालकृष्ण खाण, रमेश लेखक, जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

ताजा खबर

सम्बन्धित खबर