२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सार्वजनिक बिदाका दिन पनि बायोमेट्रिक सेवा

Nada
शहबाज खान
२०८२ पुष २७ गते २१:५५
Shares
सार्वजनिक बिदाका दिन पनि बायोमेट्रिक सेवा

कपिलवस्तु : कृष्णानगर नगरपालिकाको वडा नं. ३ ले बिदाका दिन पनि सामाजिक सुरक्षा भत्ता बायोमेट्रिक गराउने कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले शनिबार र आइतबारसमेत बायोमेट्रिक सेवा सञ्चालन गरी उदाहरणीय काम गरेको हो । 

ncell

विशेषगरी वृद्धवृद्धा, अशक्त तथा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले वडाध्यक्ष सगीर अहमद खांको पहलमा बिदाका दिन पनि सेवा उपलब्ध गराइएको हो । 

सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई कुनै असुविधा नहोस् भन्ने सोचका साथ वडा कार्यालयले नियमित कार्य दिवस मात्र नभइ सार्वजनिक बिदामा समेत सेवा प्रवाह गरेपछि स्थानीय वृद्धवृद्धाले राहत महसुस गरेका छन् । 

समयमै बायोमेट्रिक गर्न नसक्दा भत्ता रोकिने जोखिम हुने भएकाले वडा कार्यालयको यो सक्रियता सराहनीय बनेको छ । स्थानीयवासीले सेवाग्राहीमैत्री सोचसहित बिदाका दिन पनि कार्यालय खोली सेवा दिएकोप्रति वडाध्यक्ष र वडा कार्यालय परिवारलाई धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन् । यसले जनप्रतिनिधि र प्रशासन जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्देश दिएको उनीहरूको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर