२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

विशेष महाधिवेशनमा शेखर कोइराला अनुुपस्थित, अरू को–को छन् सहभागी ? 

Nada
२०८२ पुष २७ गते १५:३७
Shares
विशेष महाधिवेशनमा शेखर कोइराला अनुुपस्थित, अरू को–को छन् सहभागी ? 

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ । सत्रमा नेताहरूले धारणा राखिरहेका छन् । मञ्चमा कुर्सी नराखी नेताहरू कुसनमा बसेका छन् भने कार्यकर्ताका लागि कुर्सीको व्यवस्था गरिएको छ ।

ncell

उद्घाटन समारोहमा गोपालमान श्रेष्ठ, चन्द्र भण्डारीलगायत नेताहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेका अनुसार देउवा पक्षका ३० जना केन्द्रीय सदस्य महाधिवेशनमा सहभागी छन् ।

पूर्व सांसद पुष्पा भुसाल, डिला संग्रौला, विनोद चौधरी, उदय शम्शेर राणा, देवेन्द्र कँडेललगायत देउवा पक्षीय नेताहरू भृकुटीमण्डप पुगेका छन् । तर, संस्थापन इतरपक्षका नेता डा. शेखर कोइराला भने उपस्थित भएका छैनन् । घिमिरेले सभापति शेरबहादुर देउवालाई समेत लिएर अन्य सदस्यहरूलाई सहभागी हुन आह्वान गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर