२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘सभापति र प्रधानमन्त्री पदले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’

Nada
२०८२ पुष २७ गते १४:१०
Shares
‘सभापति र प्रधानमन्त्री पदले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन संघारमा भिडिओ सन्देश जारी गर्दै पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको बताए ।

ncell

उनले भने, ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ । तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकांक्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन ।’

उनले आफ्नो परिवारबाट पाएको शिक्षा जीवन दर्शन बनाएको बताए । उनले भने, ‘म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु । यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन् ।’

कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ रु के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायको पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र रु सोचौँ हामी ।’

महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आएको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ । त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ । यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु । जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु ।’

ताजा खबर

सम्बन्धित खबर