२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

१३ थान भरुवा बन्दुक बरामद

Nada
२०८२ पुष २५ गते १४:१८
Shares
१३ थान भरुवा बन्दुक बरामद

बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका–४ सिद्धसामुस्थित सिद्धसामु सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक ३ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

ncell

यसैगरी बागलुङ, निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित जाउलेपानी सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक ३ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

रूकुम पूर्व, भुमे गाउँपालिका–२ ढुसीडाँडा बनमाराको झाडीबाट भरूवा बन्दुक ७ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर