२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सल्यानमा मतदाताको संख्या १ लाख ६२ हजार ४४९ पुग्यो

Nada
२०८२ पुष २४ गते १२:५७
Shares
सल्यानमा मतदाताको संख्या १ लाख ६२ हजार ४४९ पुग्यो

सल्यान : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लामा एक लाख ६२ हजार चार सय ४९ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो संख्या प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ को तुलनामा चार हजार सात सय ४९ ले वृद्धि भएको हो ।

ncell

अघिल्लो निर्वाचनमा जिल्लाभर एक लाख ५७ हजार सात सय एक जना मतदाता रहेका थिए । यसपटक कायम मतदातामध्ये ८३ हजार तीन सय २१ जना पुरुष र ७९ हजार एक सय २८ जना महिला रहेका जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको सल्यानमा सबैभन्दा बढी मतदाता शारदा नगरपालिकामा २४ हजार आठ सय १८ जना छन् भने सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा आठ हजार आठ सय ४८ जना रहेका छन् ।

स्थानीय तहगत रूपमा बागचौर नगरपालिकामा २३ हजार एक सय २६, बनगाड कुपिण्डे नगरपालिकामा २२ हजार ५९, कपुरकोट गाउँपालिकामा १२ हजार दुई सय २५, कालीमाटी गाउँपालिकामा १५ हजार पाँच सय ५३, कुमाख गाउँपालिकामा १५ हजार तीन सय ३७, छत्रेश्वरी गाउँपालिकामा १६ हजार एक सय ३७, त्रिवेणी गाउँपालिकामा ११ हजार पाँच सय ५९ र दार्मा गाउँपालिकामा १२ हजार चार सय ९७ जना मतदाता कायम भएका छन् । 

यसैगरी, आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्रसमेत थपिएका छन् । अघिल्लो निर्वाचनमा दुई सय दुई रहेको मतदान केन्द्र यसपटक तीनवटा थप भई दुई सय पाँच पुगेका छन् । मतदानस्थल भने एक सय १७ वटै कायम रहेका छन् ।

नयाँ थपिएका मतदान केन्द्रमध्ये छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालय, लेखचौरपानी, सिद्धकुमाख गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, छापडाँडा र बनगाड कुपिण्डे नगरपालिकाको आधारभूत विद्यालय, आगरनेटा रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले मतदातालाई समयमै आफ्नो नाम मतदाता नामावलीमा दर्ता भए–नभएको जाँच गर्न आग्रह गर्दै शान्तिपूर्ण, निष्पक्ष र सफल निर्वाचनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर