२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेसले भन्यो- विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिलाई हुँदैन

Nada
२०८२ पुष २३ गते १९:१८
Shares
कांग्रेसले भन्यो- विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिलाई हुँदैन

काठमाडौं : नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा भइरहेका गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपिल गरेको छ ।

ncell

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’

कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतको आधारमा विशेष महाधिवेशन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको छ ।

यसैबीच विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरी तयारी अघि बढाइरहेका छन् । यही गतिविधिलाई लक्षित गर्दै पार्टीले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तिमा पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारिएको छ । ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार अधिवेशन–महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको यथार्थलाई बेवास्ता गरी सञ्चारमाध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

May be an image of map and text

May be an image of text

ताजा खबर

सम्बन्धित खबर