२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

Nada
२०८२ पुष २३ गते १६:१४
Shares
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

ncell

छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौँको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ । यसैबीच विशेष महाधिवेशन पक्षधरले महाधिवेशन आह्वान गरेका छन् ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।

‘पार्टीले २०८२ पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’

ताजा खबर

सम्बन्धित खबर