२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सार्क पत्रकार मञ्च नेपाल च्याप्टरद्वारा प्रदेश संयोजक मनोनीत

Nada
लालबाबु बानिया
२०८२ पुष २२ गते २१:३९
Shares
सार्क पत्रकार मञ्च नेपाल च्याप्टरद्वारा प्रदेश संयोजक मनोनीत

पर्सा : सार्क पत्रकार मञ्चले नेपाल च्याप्टरका पत्रकारहरूलाई सार्क पत्रकार मञ्च प्रदेश शाखाको संयोजकमा मनोनीत गरेको छ । 

ncell

मञ्चले मधेश प्रदेशमा मो. सद्दाब, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रूद्र श्रेस मगर, कोशी प्रदेशमा भोला श्रेष्ठलाई मनोनीत गरेको सार्क जर्नलिष्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी गराएका छन् । 

मधेश प्रदेशका संयोजक मो.सद्दाब मलिकले चाँडै नै कार्यसमिति विस्तार गरिने बताएका छन् । 

कार्यक्रममा सार्क जर्नलिष्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमानलगायतको सहभागिता थियो । भारतको बिहार, नालन्दामा पुस २० र २१ गते अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालबाट नृपेन्द्रलाल श्रेष्ठ, सदाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता,राजन कुमार सिंह  सुभाष रामलाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर