२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक (निर्णयसहित)

Nada
२०८२ पुष २१ गते १५:१६
Shares
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आठ वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको बैठकका निर्णयहरू प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरे ।

ncell

बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । साथै, नेपाल–ओमानबीच हुने समझदारीपत्र र नेपाल–इजरायलबीचको श्रम सम्झौता स्वीकृत गरिएको छ ।

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा कुलप्रसाद न्यौपानेलाई मनोनयन, जेनजी शहीद परिवारका लागि अनुदान, पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश, वन तेस्रो संशोधन नियमावली स्वीकृति तथा उपमहालेखा परीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।

यी हुन् निर्णय :

१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।

२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।

३) जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

५) नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।

६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।

ताजा खबर

सम्बन्धित खबर