२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले

Nada
२०८२ पुष २१ गते १३:४०
Shares
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ ।

पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् ।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली– झापा–५, उपाध्यक्ष विष्णु पौडेल– रुपन्देही–२, महासचिव शंकर पोखरेल– दाङ–२, उपमहासचिव लेखराज भट्ट– कैलाली–४, एमाले सचिव महेश बस्नेत – भक्तपुर–२ बाट सिफारिस भएका छन् ।

त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली– गुल्मी–१, ईश्वर पोखरेल– काठमाडौं–५, लीलानाथ श्रेष्ठ– सिरहा–३, अजय गुप्ता– रौतहट–१, हरि उप्रेती– सर्लाही–३, तिलक महत– नवलपुर–२, मिलन गुरुङ– गोरखा–२, बद्री मैनाली– नुवाकोट–१, सूर्य ढकाल– बाँके–१, दलबहादुर सुनार– बाँके–३, विश्राम चौधरी– कपिलवस्तु–१, सुहाङ नेम्वाङ– इलाम–२, लक्ष्मी महतो कोइरी– महोत्तरी–१ बाट सिफारिस भएका छन् ।

साथै, प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका नेताहरूमा ध्रुव शाही– सुर्खेत–१, कलाधर देवकोटा– सुर्खेत–२, गुलाबजंग शाह– सल्यान, मणिराम फुयाल– काठमाडौं–२ (प्रस्ताव), दामोदर भण्डारी–बैतडी, गणेश ठगुन्ना–दार्चुला रहेका छन् ।

सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो लाग्ने छ ।

laxmi recruitement

सम्बन्धित खबर