२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सरकार आफैं निर्वाचन बिथोल्न लागिपरेको छ : रघुवीर महासेठ

Nada
२०८२ पुष २० गते १३:३९
Shares
सरकार आफैं निर्वाचन बिथोल्न लागिपरेको छ : रघुवीर महासेठ

काठमाडौं : नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाएका छन् ।

ncell

आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव महासेठले जेनजी आन्दोलनपछि लुटिएका हतियार र  भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने बताए ।

उपमहासचिव महासेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन भने तयार रहेको बताए । उनले प्रतिनिधि सभा पुनर्स्थापना हुने विगतको नजिरअनुसार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसला गर्नुपर्ने जिकिर समेत गरे ।

उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । 

ताजा खबर

सम्बन्धित खबर