२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जाँचबुझ आयोगलाई लिखित बयान दिन ओली  तयार

Nada
२०८२ पुष १३ गते १४:५५
Shares
जाँचबुझ आयोगलाई लिखित बयान दिन ओली  तयार

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगमा कुनै न कुनै रूपमा आफ्नो भनाइ राख्न सहमत भएका छन् । आयोगको सचिवालयमा उपस्थित भएर बयान नदिने भए पनि वैकल्पिक माध्यमबाट धारणा लिनेबारे शीर्ष तहमा सहमति जुटेको स्रोतले जनाएको छ । 

ncell

ओली निवास गुन्डु वा तेस्रो स्थानमा आयोगका प्रतिनिधिले बयान लिने, लिखित प्रश्न–उत्तर वा आयोगका सदस्यमार्फत भनाइ समेट्ने जस्ता विकल्पमा छलफल भइरहेको छ । ओलीको प्रस्ताव लिखित बयान दिनेभन्नेमा छ । आयोग पनि यस विषयमा लचिलो देखिएको छ ।

सर्वोच्च अदालतले आयोगलाई वैधता दिएपछि ओलीको अडान फेरिएको बताइएको छ । बयानपछि ओलीमाथि लगाइएको स्थानहद फुकुवा लगायत निर्णयहरू चुनावी प्याकेजमै गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । 

गत भदौ २३ र २४ को जेनजी आन्दोलनले ओलीलाई सत्ताच्युत गरेको थियो । आन्दोलनमाथि प्रहरी बल प्रयोग भएपछि आयोगले त्यसबारे बुझ्‌न बयान लिने तयारी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर