२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने

Nada
२०८२ पुष १० गते ०९:२४
Shares
इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने

काठमाडौँ : इजरायलले आगामी दश वर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ ।

ncell

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् ।

“मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा कुल तीन खर्ब ५० करोड शेकेल स्वीकृत गरेको छु,” नेतान्याहूले देशको दक्षिणी क्षेत्रमा रहेको हवाई अड्डामा भएको एक सैन्य समारोहमा भने ।

उनले भने, “हामी कुनै पनि पक्षप्रति र साथीहरूसँग पनि निर्भरता कम गर्न चाहन्छौँ । हाम्रो रक्षा उद्योगका उत्कृष्ट दिमागहरू हतियार प्रणालीहरू विकास गर्न कडा मेहनत गरिरहेका छन् जसले भविष्यको युद्ध भूमिमा इजरायलको फाइदाको ग्यारेन्टी गर्दछ ।”

ताजा खबर

सम्बन्धित खबर