२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

शितगंगा महोत्सवबाट २ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ पुष ८ गते २१:५८
Shares
शितगंगा महोत्सवबाट २ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले बुधबारदेखि चौथो  शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु हुने भएको छ ।

ncell

शितगंगा नगरपालिकालाई व्यवसायिक पर्यटकीय रूपमा देश तथा विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिजन्य उत्पादन वस्तुहरूको प्रबद्र्धन गर्न महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिए । 

उक्त नगरपालिका–३ ठाँडाको डमरूदह हाईटमा बुधबारदेखि सुरु हुने महोत्सवको नगरप्रमुख छविलाल पौडेलले उद्घाटन गर्ने उद्योग बाणिज्य संघका महासचिव दिल बहादुर गुरुङले जानकारी दिए  ।

नगरभित्र उत्पादित वस्तुहरूको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागी महोत्सवले उल्लेखनीय भूमिका खेल्ने वडा नम्बर–३ का वडाध्यक्ष चिन्तराज अधिकारीले बताए । पुस ९ देखि २१  गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव गुरुङको भनाइ छ । 

महोत्सवको उद्घाटनमा नगरपालिकाभित्र रहेका भेषभुषासँग मिल्ने झाँकीसहित भव्यरूपमा उद्धघाटन गरिनेछ । महोत्सवमा स्थानीयस्थरमा उत्पादन हुने  खसीबोका, कुखुरा, दूधका परिकार, स्थानीय उत्पादनहरूको स्टल कृषि, सुपादेउरालीको झल्को दिने स्टल, डम्मरु दहमा बोटिङ सञ्चालन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

महोत्सवमा ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरूको प्रचार गरी शितगंगालाई विश्वव्यापी चिनाउने तथा संरक्षण गर्ने जिल्लाको समग्र आर्थिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक, पर्यटकीय तथा कृषि औधोगिक व्यापार व्यवसायको शीप र ज्ञानको अनुभव आदान गर्ने गराउने कृषि प्रविधि, उत्पादन तथा व्यवसायिकता तथा स्वरोजगारका लागि व्यवसायिहरूलाई प्रोत्साहन गर्ने तथा त्यस्ता उत्पादनहरूको प्रवद्र्धन एवं बजारीकरणमा सहयोग पुराउने उदेश्यले महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवमा १ सय २० वटा स्टल राखिने छ भने जेष्ठ नागरिक, अपांग अल्पसंख्यक नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइने छ । महोत्सवमा यसपटक सर्वसाधारणका लागि १ सय रूपैयाँको टिकट वितरण गरिनेछ ।

ताजा खबर

सम्बन्धित खबर