२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मोरङमा २९ जना लेखापढी व्यवसायी पक्राउ

Nada
प्रवेश बिष्ट
२०८२ पुष ८ गते २०:२६
Shares
मोरङमा २९ जना लेखापढी व्यवसायी पक्राउ

विराटनगर : मोरङमा रहेका दुईवटा सरकारी कार्यालयबाट प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । बिचौलियाको काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालयबाट ९ जना र मालपोत कार्यालय विराटनगरबाट २० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबै लेखापढी व्यवसायी हुन् । 

ncell

मोरङ प्रहरीका अनुसार उनीहरू जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका थिए । लेखापढीका नाममा सेवाग्राहीलाई हैरानी दिएको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रमुख एसपी कवित कट्वालले नियन्त्रणमा लिएकाहरू बिचौलिया भएको दाबी गरे । ‘सेवाग्राहीलाई आफै काम गर्न नदिएको र पैसा मागेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो,’ एसपी कट्वालले भने, ‘सेवा ग्राहीलाई दुःख दिएको गुनासो आएपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

यसैबीच, लेखापढी व्यवसायीहरूले पक्राउको विरोध गरेका छन् । लेखापढी व्यवसायी संघ विराटनगरका अध्यक्ष कञ्चन न्यौपानेले प्रहरीले ज्यादती गरेको बताए ।

ताजा खबर

सम्बन्धित खबर