२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एमाले पार्टी कार्यालयको अनुगमन

Nada
२०८२ पुष ८ गते १४:२२
Shares
एमाले पार्टी कार्यालयको अनुगमन

काठमाडौँ : सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो ।

ncell

टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ । कानुन मन्त्री अनिलकुमार सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।

यसअघि आजै टोलीले कांग्रेस कार्यालय पनि अनुगमन गरेको थियो । आजै नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम छ ।

जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरवार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर