२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

हज यात्रामा जान स्वास्थ्य प्रमाणपत्र अनिवार्य

Nada
इसत्याक अहमद
२०८२ पुष ७ गते १२:१४
Shares
हज यात्रामा जान स्वास्थ्य प्रमाणपत्र अनिवार्य

काठमाडौं : हज यात्रामा सहभागी हुने सबै तीर्थयात्रीहरूले अनिवार्य रूपमा स्वास्थ्य फिटनेस प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ । साउदी अरेबियाको हज मन्त्रालयको निर्देशनअनुसार यस्तो व्यवस्था लागू गरिएको नेपाल हज समितिले जनाएको छ ।

ncell

नेपाल हज समितिका अध्यक्ष मुख्तार अहमदका अनुसार हज यात्रु पूर्ण रूपमा शारीरिक रूपमा स्वस्थ हुनुपर्नेछ । निरन्तर डायलासिस गराइरहेका बिरामी, गम्भीर मुटुरोगी, पेटमा अत्यधिक तरल पदार्थ जमेको समस्या भएका व्यक्तिहरू तथा गर्भावस्थाको छ महिना नाघेका गर्भवती महिलाहरूलाई हज यात्राको अनुमति नदिइने स्पष्ट गरिएको छ ।

अध्यक्ष अहमदले गत वर्ष विभिन्न देशबाट स्वास्थ्य समस्यायुक्त केही तीर्थयात्री हजमा सहभागी हुँदा गम्भीर कठिनाइ उत्पन्न भएको स्मरण गराउँदै यस वर्ष सबै देशका तीर्थयात्रीहरूका लागि आधिकारिक स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको जानकारी दिए ।

नेपाल हज समितिले हज यात्राका इच्छुक सबैलाई समयमै स्वास्थ्य परीक्षण गराई आवश्यक प्रमाणपत्र प्राप्त गर्न आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर