२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

परिवर्तन गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर 

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ पुष ४ गते २१:४२
Shares
परिवर्तन गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर 

रोल्पा : परिवर्तन गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्रबार रुडास नेपाल र आईपास नेपालको सहकार्यमा गाउँपालिका–५ पुतलाचौरमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

ncell

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, स्त्रीरोग विशेषज्ञ डा. बिनोद सिंह, एमडीजीपी चिकित्सक डा. निराजन शर्मा, स्वास्थ्य कार्यालय रोल्पाका ल्याब असिस्टेन्ट अधिकृत जीतबहादुर डाँगी, रुडास नेपालका अध्यक्ष भीमबहादुर घर्ती, कार्यकारी प्रमुख शोभाराम डाँगी, कार्यक्रम अधिकृत टेकेन्द्र घर्ती तथा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर लगायतको उपस्थिति रहेको थियो । 

शिविरमा स्त्रीरोग विशेषज्ञबाट महिलाको स्वास्थ्य चेकजाँच, यौन तथा प्रजनन स्वास्थ्य सेवा, परिवार नियोजन परामर्श, गर्भवती तथा सुत्केरीको स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यसम्बन्धी समस्याको मूल्यांकन, आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको छ । 

त्यसैगरी एमडीजीपी चिकित्सकमार्फत आँखा र दन्त सेवाबाहेकका साधारण रोगको निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविर शनिबारसम्म सञ्चालन हुने परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढा मगरले स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत नहुने भएकाले विभिन्न संघ–संस्थासँग सहकार्य गरी सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको बताए । उनले अमूल्य समय आपसी विवादमा खर्चिनुभन्दा निःशुल्क स्वास्थ्य शिविरजस्ता पुण्यकार्यमा लगाउनु उपयुक्त हुने उल्लेख गरे ।

विशेषज्ञ स्वास्थ्य सेवाको महत्त्वलाई औंल्याउँदै अध्यक्ष बुढा मगरले सबै सेवाग्राहीले शिविरबाट लाभ लिएर फर्किने विश्वास व्यक्त गरे । शिविर सञ्चालनको पहिलो दिन स्त्रीरोग विशेषज्ञबाट ८५ जना र जनरल स्वास्थ्य सेवाबाट ९९ जनाले सेवा लिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर