२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

उच्चाङ्गल उमाविको वार्षिकोत्सवको अवसरमा रक्तदान 

Nada
लालबाबु बानिया
२०८२ पुष ४ गते २१:४०
Shares
उच्चाङ्गल उमाविको वार्षिकोत्सवको अवसरमा रक्तदान 

पर्सा : पर्सा जिल्लाको पोखरिया नगरपालिकास्थित उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरियामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । 

ncell

रक्तदान नै जीवनदान भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूले एक थोपा रगतले कसैको जीवन बचाउन सकिन्छ भन्ने सन्देशसहित उत्साहपूर्वक सहभागिता जनाएका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवानप्रसाद कुर्मीका अनुसार वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । 

रक्तदान ममता दुवेदी, ममता कुमारी सहनी, मिना कुमारी साह, बबिता रौनियार, सीता साह, सुशील यादव, ब्रिजेश साह, दीपेन्द्र ठाकुर, विष्णु पटेल, निरज ठाकुर लोहार, सन्तोष कुर्मी, अनिल गिरी, बुलट पटेल, उपेन्द्र ठाकुरलगायत २८ जनाले गरेका छन् । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार साह, पोखरिया अस्पतालका अध्यक्ष उमेश चौहान, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, सचिव हिमाञ्चल साह, कोषाध्यक्ष चन्द्रभूषण पटेल, नेपाल ब्लड बैंक पर्साका प्रमुख सौरभराज पाण्डे, शिक्षकहरू अनिल गिरी, ताराचन्द्र साह, पशुराम पटेल, उमेश रौनियार, राजेश पटेल, सुरेन्द्र पटेललगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको समापनमा विद्यालयले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर