२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवि र छविको मुद्दा एक नम्बर इजलासमा

Nada
२०८२ पुष ३ गते ११:५६
Shares
रवि र छविको मुद्दा एक नम्बर इजलासमा

काठमाडौँ : सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज एक नम्बर इजलासमा परेको छ ।

ncell

 लामिछाने र जोशीको मुद्दा उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासका परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । 

सो मुद्दा गतहप्ता हेर्न नमिल्नेमा परेको थियो भने त्यसअघि दुईपटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । 

यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो । यसरी हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेशी स्थगित गरिएको छ ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । हाल रवि लामिछाने र छविलाल जोशी दुवै पुर्पक्षका लागि कारागारमै रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर