२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पदाधिकारीमा ईश्वर प्यानलका गोकर्ण र योगेश अगाडि, गुरु र विष्णु रिमाल रेडजोनमा 

Nada
२०८२ पुष ३ गते ११:३६
Shares
पदाधिकारीमा ईश्वर प्यानलका गोकर्ण र योगेश अगाडि, गुरु र विष्णु रिमाल रेडजोनमा 

नेकपा एमालेको नेतृत्वका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । झण्डै ४५० मत गणना हुँदा पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली प्यानलकै अग्रता देखिएको छ । अध्यक्ष ओली तेब्बर मतसहित अग्रता लिइरहेका छन् भने महासचिवमा शंकर पोखरेल पनि अग्रता बढाउँदै छन् । 

ncell

पार्टी उपाध्यक्षमा भने संस्थापन इतरका नेता गोकर्ण बिष्टले राम्रो मत प्राप्त गरेका छन् । उनले २५६ मत प्राप्त गर्दा संस्थापन प्यानलका गुरुप्रसाद बराल २४२ मत प्राप्त गरेका छन् । ३५६ मतसहित पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि छन् । 

यस्तै, उपमहासचिवमा योगेश भट्टराईले ओली प्यानलकै हाराहारीमा मत पाएका छन् । लेखराज भट्ट २९३ मतसहित सबैभन्दा अगाडि छन् । उनीपछि रघुवीर महासेठले २६७ मत प्राप्त गरेका छन् भने भट्टराईले २६४ मत ल्याएका छन् । 

मतगणना जारी छ । 

ताजा खबर

सम्बन्धित खबर