२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

धोबिनी गाउँपालिकाद्वारा शिक्षकका लागि तीनदिने आइइएमआइएस तालिम

Nada
लालबाबु बानिया
२०८२ पुष २ गते १८:४८
Shares
धोबिनी गाउँपालिकाद्वारा शिक्षकका लागि तीनदिने आइइएमआइएस तालिम

पर्सा : पर्साको धोबिनी गाउँपालिकाको आयोजनामा शिक्षकहरूका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) सम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।

ncell

धोबिनी–५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा आयोजित तालिमको उद्घाटन वडा नं. ५ का वडाध्यक्ष मनौवर मियाँले एक कार्यक्रमबीच गरेका हुन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम, श्री नेरा माध्यमिक विद्यालय भिखमपुरका प्रधानाध्यापक विनय पटेल, श्री कालिप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिओम पटेलसहित बुनिलाल कुर्मी, मेराजुल अंसारी, किशोरी साह गोढलगायत प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।

तालिममा प्रशिक्षक जगमोहन प्रसाद रौनियारले आइइएमआइएस प्रणालीसम्बन्धी प्रशिक्षण दिइरहेका छन् । सहायक प्रशिक्षक गोविन्द पटेलका अनुसार गाउँपालिकाभरिका विद्यालयहरूको शैक्षिक सुधारका लागि शिक्षकहरूलाई आइइएमआइएस सम्बन्धी दक्षता अभिवृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिका शिक्षा प्रमुख चौहानले तालिमका क्रममा विद्यालयमा दिवा खाजा कार्यक्रम, विद्यालय सुधार योजना, समयमै परीक्षा सञ्चालन, नयाँ शिक्षण विधि तथा विद्यालय व्यवस्थापन सुधारसम्बन्धी विषयमा समेत सहजीकरण गरिएको जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा धोबिनी गाउँपालिकाभरिका १८ वटा विद्यालयका शिक्षकहरू सहभागी रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर