२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रुखबाट लडेर युवकको मृत्यु

Nada
२०८२ पुष १ गते १३:११
Shares
रुखबाट लडेर युवकको मृत्यु

बागमती :रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ । 

ncell

स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ०८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल भर्ना गरिएकोमा बिहान १०:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

ताजा खबर

सम्बन्धित खबर