२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

Nada
२०८२ पुष १ गते १२:३०
Shares
राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

ncell

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए । 

 खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ । एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर