२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ : डा. कोइराला

Nada
२०८२ मंसिर २७ गते १७:११
Shares
युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ : डा. कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।

ncell

उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए । आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे।

आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भएको भेटमा देशको  लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुर्‍याएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताए ।

“सयौँ योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ”, उनले भने, “पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।”

ताजा खबर

सम्बन्धित खबर