२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

थाइल्याण्डका प्रधानमन्त्री अनुतिनले गरे संसद् विघटन

Nada
२०८२ मंसिर २६ गते १३:१०
Shares
थाइल्याण्डका प्रधानमन्त्री अनुतिनले गरे संसद् विघटन

काठमाडौँ : कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् विघटन गरेका छन् । संसद् विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ ।

ncell

शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन् ।

विशेष गरी सीमा क्षेत्रमा भएका घातक झडपले सरकारलाई कठिन परिस्थितिमा पुर्‍याएको उनले बताए । उनका भनेका छन्, ‘यस समस्याको उचित समाधान संसद् विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतामा फिर्ता जानेछ ।’

व्यवसायीबाट राजनीतिमा आएका अनुतिन चर्नविराकुल सन् २०२३ को अगस्टमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री बनेका हुन् । उनले सेप्टेम्बरमा सरकार गठन गर्दा नै जनवरीको अन्त्यसम्म संसद् विघटन गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर