२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

योजना तर्जुमा गर्दा कर्णालीमा सधैं राजनीतिक हस्तक्षेप : मुख्यमन्त्री कँडेल

Nada
पूर्ण सार्की
२०८२ मंसिर २४ गते १२:१९
Shares
योजना तर्जुमा गर्दा कर्णालीमा सधैं राजनीतिक हस्तक्षेप : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा योजना तर्जुमा गर्दा सधैं राजनीतिक हस्तक्षेप हुने गरेको बताएका छन् ।

ncell

कर्णाली प्रदेश योजना आयोगले बुधबार आयोजना गरेको ‘कर्णालीको विकास– सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेशका विकास योजना तर्जुमा प्रक्रियामा लगातार राजनीतिक हस्तक्षेप हुने गरेको बताएका हुन् । 

मुख्यमन्त्री कँडेलका अनुसार योजना तर्जुमा सेरोफेरोमा राजनीतिक पहुँच र प्रभाव हाबी हुँदा कर्णालीको विकास गति प्रभावित हुँदै आएको छ । उनले भने, 'संघीयता आएर संरचना नयाँ बने पनि निर्णय प्रक्रिया भने पुरानै ढाँचामा छ । राजनीतिक हस्तक्षेपका कारण कहिलेकाहीँ अनिवार्य रूपमा कुरा मान्नुपर्ने बाध्यता पनि देखिन्छ ।'

उनले प्रदेश मातहतका कार्यालयहरूले समयमै निर्णय नगर्दा जनअपेक्षाका काम अघि बढ्न नसकेको उल्लेख गर्दै पुराना कानुनले पनि कामकाजमा असहजता थपिरहेको बताए । विकास निर्माणमा ढिलासुस्ती रोक्न जनशक्ति र संस्थागत क्षमतामा सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्णालीको दिगो विकासका लागि सबै  सरोकारवालाको एकताबद्ध प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै कृषि, पर्यटन र जलस्रोत क्षेत्रमा लगानी बढाएर कर्णालीलाई विकास गर्नुपर्नेमा जोड दिए । 

उनले कर्णालीलाई कस्तो बनाउने भन्नेमा सबैको साझा चासो र प्रतिबद्धता आवश्यक रहेको समेत बताए ।

ताजा खबर

सम्बन्धित खबर