२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

पूर्व योजनाको लाभ

shivam cement
२०८२ असार ५ गते ०६:१०
पूर्व योजनाको लाभ

चिनियाँ सुरक्षा अधिकारीहरुको हवाला दिएर काभ्रे र सिन्धुपाल्चोक जिल्ला प्रशासनले भोटे कोशीमा बाढी आउन सक्ने सूचना दिएको छ । दुवै जिल्ला प्रशासनले भोटे कोशीमा आउन सक्ने बाढीले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारी नगरपालिका क्षेत्रमा प्रभावित बनाउन सक्छ । यी क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सर्तकता अपनाउन भनिएको छ । यद्यपि यो सूचनाबारे मतभेद पनि देखिएको छ । तर तिब्बती क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले भोटेकाशीमा बाढी आउन सक्ने अनुमानप्रति सतर्कता अपनाउनु गल्ती हुँदैन । बाढी नआउन सक्छ, तर सतर्कता अपनाउन जरुरी हो । अझ मनसुनको सिजनमा कुन बेला अत्याधिक वर्षा हुन्छ, र खोलाको सतह बढ्छ भन्ने टुंगो हुँदैन । 

विगतका वर्षहरुको अनुभवले पनि सिन्धुपाल्चोक, काभ्रे लगायत पहाडी जिल्लाहरुमा आवश्यक पुर्वसतर्कता जरुरी छ । सिन्धुपाल्चोकलाई त वर्षेनिको बाढी पहिरोले हैरानी दिएको छ । ठूलो जनधनको क्षति पुग्दै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट चर्किएको पहाडी क्षेत्र त्यसैपनि जोखिमयुक्त छ । वर्षेनि बाढी र पहिरोबाट मानवीय एवं भौतिक क्षति पुग्दै आएको छ । गत वर्ष मात्रै दशैंका बेला आएको बाढी पहिरोले राजधानी आसपासका जिल्लाहरुमा ठूलो क्षति पुगेको थियो । ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायत क्षेत्रका कयौं बस्ती बगेको थियो । सुनकोशीका पुलहरु बगेका थिए । बीपी राजमार्ग क्षतबिक्षत हुन पुगेको थियो । अरु राजमार्ग र पुलहरुमा क्षति पुगेको थियो । 

त्यसैले प्रकोपबाट बच्ने पूर्व तयारीमा तीन वटै सरकार लाग्न जरुरी छ । कहिले संकट आउँछ, र सक्रिय हुने भन्ने पर्खनु हुन्न । भौगोलिक रुपले खतरा रहेको क्षेत्रलाई विशेष ध्यान दिन आवश्यक छ । त्यस्ता क्षेत्रहरुमा तत्काल उद्धारका योजना बनाउन जरुरी छ । उद्धारमा खटिने जनशक्ति तैनाथ गरिनुपर्छ । सधैं संकट आएपछि मात्र उद्धारको चिन्ता गर्नुपर्ने, संघसंस्थाहरु राहतमा खटिनुपर्ने र लामो समय बित्दा पनि पुनस्थार्पना नभएको दुखेसो गरिरहनुपर्ने हुन्छ । यदि प्रकोप न्यूनीकरणको दीर्घकालीन उपायतिर लाग्ने हो भने संकट टार्न सजिलो पर्छ । आम साधरणलाई यसतर्फ सचेत पार्न अघि नेतृत्वले योजना बनाउनुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise