२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

सैन्य नीति अस्वीकार 

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते ०७:४१
सैन्य नीति अस्वीकार 

नेपालको पहिचान हो– कहिल्यै कुनै पनि शक्ति राष्ट्रको पक्षमा लागेन । असंलग्न परराष्ट्र नीतिमा अडिग रह्यो र आफ्नो बुझाइ–क्षमताअनुसार हरेक विश्व घटनाको व्यख्या ग¥यो र सधैं शन्तिका पक्षमा उभियो । नेपालको यस्तो पहिचान बदल्ने प्रयासमा भने शक्ति राष्ट्र निरन्तर रहेका छन् । हालै चीनले आफूले अघि सारेको सुरक्षासम्बन्धी अवधारणा ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जिएसआई)मा नेपालले समर्थन गरेको भनेर विश्वसामु भनेको छ । चीनको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको उल्लेख छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमै छन् । यहीबेला यस्तो विषय बाहिरिनुले शंका उब्जाएको छ । भलै नेपालका तर्फबाट जिएसआईलाई समर्थन नगरेको प्रस्ट्याउने कार्य भएको छ । यसबारे नेपालका तर्फबाट आधिकारिक रूपका बोल्ने काम भने भएको छैन । 

सैन्य रणनीति हरेक देशको फरकफरक हुन्छ । कुनै शक्ति राष्ट्रले विश्वव्यापी रूपमा आफूलाई बलियो बनाउन यस्तो नीति बनाउन सक्छन् । त्यस्तोमा नेपालजस्तो देश जो कहिल्यै कसैको पक्षमा उभिएन र आफ्नो निर्णय गर्दै अगाडि बढ्यो यस्तो देशका लागि अरू देशका सैन्य नीति स्वीकार हुन सक्दैन । तर नेपाललाई अनेक नाममा आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । कहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)का रूपमा नेपाललाई पक्षधर बनाउने प्रयास भएको छ । कहिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)का नाममा नेपाललाई आफ्नो कित्तामा उभ्याउने प्रयास भएको छ । यस्ता प्रस्ताव गरिबी, वातावरण परिवर्तनजस्ता विषय जोडिएर अगाडि बढ्छन र सैन्य नीतिमा संलग्नतासँग जोडिन पुग्छन् । विश्वव्यापी गरिबीसँग जुध्न विभिन्न मुलुकमा आर्थिक अनुदान उपलब्ध गराउन भनेर अमेरिकाले वैदेशिक सहायता एजेन्सी एमसिसी खडा गरेको हो । यो सैन्य रणनीति हो वा होइन भन्ने अस्पष्टताबीच नेपालले एमसिसीको सहायता स्वीकार गरेको छ । यो स्वीकार गर्ने र नगर्ने विषयले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन पुग्यो । पछि नेपालले एकतर्फी रूपमा व्याख्यात्मक टिप्पणी गरेर स्वीकार गर्ने निर्णय ग¥यो । एमसिसीको विषय सेलाउन नपाउँदै एसपिपीको विषय अगाडि आयो तर नेपालले स्वीकार गरेन । यहीबेला अर्को शक्ति राष्ट्र चीनले जिएसआईमा नेपालले समर्थन गरेको विषय विश्वसामु पु¥याएको हो । 

मुलुकको नेतृत्व गरेका व्यक्ति निश्चित समयका मात्रै नेता होइनन् । मुलुकको हजारौं वर्षको इतिहाससँग सचेत भए मात्रै वर्तमानमा सही काम हुन्छ । यसकारण मुलुकको नेतृत्व गर्ने व्यक्तिका विषयमा आमचासो हुने हो । जसले आफू सकिएर पनि मुलुक बचाउन भूमिका खेल्नुपर्छ । क्षणभरको लाभ हेर्दा इतिहासको अस्तित्व र पहिचानमा असर पर्न सक्छ । यसमा ख्याल गर्दै नेपालले सबै प्रकारका शक्तिका सैन्य नीति अस्वीकार गर्नुपर्छ । 
 

ADV

सम्बन्धित खबर

Advertise