२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

Nada
२०८२ भदौ १७ गते ०९:४०
Shares
सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रूपमा बगाएको छ भने छ घरमा आंशिक क्षति पुर्‍याएको छ ।

ncell

अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । 

बाढीपीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए। अध्यक्ष शेर्पाका अनुसार गत वर्षको साउन ३२ गते थामे खोलामा आएको बाढीले जोखिममा पारेको घर नै बगाएको हो । गाउँपालिकाको प्राविधिक टोली थामेतर्फ पठाइसकेको उनले बताए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरूमा सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर