२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

डिफेन्डिङ च्याम्पियन प्याराडाइज स्टार कप फुटबलको फाइनलमा

shivam cement
सुवास लामिछाने
२०८२ भदौ १८ गते २०:४६
डिफेन्डिङ च्याम्पियन प्याराडाइज स्टार कप फुटबलको फाइनलमा

चितवन : डिफेन्डिङ च्याम्पियन प्याराडाइज युवा क्लब सौराहा चितवनको माडीमा जारी ३०औं स्टार कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा प्याराडाइज नवलपुरको अभिषेक चर्च रजहरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आयोजक स्टार स्पोर्ट युवा क्लबका पूर्वसचिव टिकाराम सुवेदीका अनुसार प्याराडाइजका लागि राज भुसाल र राकेश चौधरीले गोल गरेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्याराडाइजका राज भुसाल ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल बिहीबार आयोजक स्टार स्पोर्ट युवा क्लब बरुवा र सूर्यपुर युवा क्लब चितवनबीच हुने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जानकारी दिए ।

३०औं स्टार कप फुटबलको विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद दुई लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ । त्यस्तै उपविजेताले मेडल, प्रमाणपत्रसहित नगद एक लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise