२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

सवारी दुर्घटनामा २ जनाको मृत्यु

सत्येन्द्र प्रताप सिंह
२०८२ जेठ २१ गते १७:४१
सवारी दुर्घटनामा २ जनाको मृत्यु

रौतहट : रौतहटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइे भएका छन् ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सर्लाही रामनगर-१ खैरवाका ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर