२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

भरत प्रधान
२०८२ वैशाख ३० गते १७:२४
पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

लिस्बन : युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औं जन्मजयन्ती मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजना तथा यहाँ क्रियाशील नेपाली संघसंस्थाको सहआयोजनामा सोमबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो ।

सो अवसरमा आन्जोसस्थित एभरेष्ट नेपाल रेष्टुरेन्टको हलमा लामा गुरुहरुद्वारा गौतम बुद्धको विशेष पूजाआराधना गरिएको थियो । विश्व शान्तिका लागि शान्ति पूजा र दीप प्रज्वलनसमेत गरिएको थियो ।

शेर्पा किदुग पोर्चुगलको संयोजनमा भएको पुजामा लामा गुरुद्वय लामाफुरी शेर्पा र पासाङ लामाद्वारा भगवान् बुद्धको विशेष पूजापाठ गरिएको थियो । गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विश्व शान्ति पूजासहित दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाइएको नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताए ।

ADV

सम्बन्धित खबर