२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

विकट गाउँमा निःशुल्क मुटुको परीक्षण

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख ३० गते २०:३३
विकट गाउँमा निःशुल्क मुटुको परीक्षण

अर्घाखाँची : नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गामा एकदिने निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ ।

पछिल्लो समय मानिसमा विभिन्न किसिमका नसर्ने रोगसँगै मुटुमा पनि समस्या हुने गरेको पाइएको र शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटुमा समेत विभिन्न समस्या देखा परेकोले मुटु परीक्षण शिविर सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए । शिविरमा १२ देखि ८० वर्ष उमेर समूहका १ सय ५० जना नागरिकहरुले सेवा लिएका छन् । 

शिविरमा ४० जनाको इसिजी र १ सय २० जनाको सुगर परीक्षणसँगै निःशुल्क औषधि वितरण गरिएको  प्रतिष्ठानका अध्यक्ष युवा समाजसेवी  कृष्ण भुसालले जानकारी दिए ।

शिविरमा अर्घाखाँचीका चिरपरिचित छाया अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रदिपजंग केसी, सन्धिखर्क पोलिक्लिनिकका जनरल फिजिसियन  वरिष्ठ डा.अशोक कुमार शाहले सेवा दिएका थिए । 

चेकजाँचका क्रममा ४ जनाको मुटुको भल्वको गडबडी, मुटु सुन्निएको र मुटुको चालको गडबडीसँगै ३१ जनामा उच्च रक्तचापको समस्या देखिएको डाक्टरद्वय  प्रदिप जगङ्ग केसी र अशोक शाहले बताए ।

नियमित स्वास्थ्य परीक्षण, स्वस्थकर बानी व्यवहार र खानपानमा विशेष सावधानी अपनाएमा मुटु रोग लगायत विभिन्न खाले रोगबाट बच्न सकिने भन्दै स्वस्थकर जीवन जीउन सबैलाइ आग्रह समेत गरिएको छ । 

शिविरको उद्घाटन गर्र्दै मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले मुटुलाई स्वस्थ राख्न आहार बिहारसँगै दैनिक रुपमा शारिरीक व्यायम गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, कविता भुसालको स्वागत मन्तब्य र  प्रतिष्ठानका सचिव मेनुका पौडेलको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रमा मालारानी गाउँपालिकाकी उपाध्यक्ष दिपा पोख्रेल, वडा नं. ९ का वडाध्यक्ष महेन्द्रबाबु खनाल, सूर्य मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्री लगायतले शिशिर सफलताको शुभकामना व्यक्त गरेका थिए । 

आफ्नै घरआँगनमा स्वास्थ्य शिविरसँगै वरिष्ठ डाक्टरहरुवाट चेकजाँच गराउन पाउँदा आफुहरु खुसी भएको सेवाग्राही हिराबहादुर सुनारले बताए  ।

ADV

ताजा खबर

सम्बन्धित खबर