२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्यांक संकलन गरिँदै

सन्तोष पौडेल
२०८२ वैशाख ३० गते २२:०७
विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्यांक संकलन गरिँदै

‎बर्दिया : ‎‎बर्दियाको गेरुवा गाउँपालिकाले विद्यालय बाहिर रहेका बालवालिकाहरुको तथ्यांक संकलन गर्ने भएको छ ।

‎‎प्लान इन्टर नेसनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको सहयोगमा पालिकाले जेठ २ गतेदेखि १० गतेसम्म तथ्यांक संकलन गर्ने भएको हो । 

‎‎५ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यालय बाहिर रहेका वालवालिकाको तथ्यांक एकिन गरी विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका सबै बालवालिकाहरुलाई विद्यालयमा ल्याउने र विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न एवम् नियमित गराउन योजना निर्माण गरी भिभिन्न क्रियाकलाप संचालन गर्दै पालिकालाई  विद्यालय बाहिर मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यका साथ तथ्यांक संकलन गर्न थालिएको हो ।

‎‎सामुदायिक विद्यालयका २६ जना प्रा.वि. शिक्षक र बाल विकास सहजकर्ताहरुलाई एकदिने अभिमुखीकरण गराइ  तथ्यांक संकलकको रूपमा तयार गरिएको छ । उनीहरुले ‘कोबो कलेक्ट’ नामक मोबाइल एप्लिकेशन प्रयोग गरी तथ्यांक संकलन गर्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर