२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

सानिमा रिलायन्सद्वारा विद्यार्थीहरूलाई झोला वितरण

मध्यान्ह
२०८२ वैशाख ३० गते २०:५४
सानिमा रिलायन्सद्वारा विद्यार्थीहरूलाई झोला वितरण

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विद्यार्थीलाई झोला वितरण गरेको छ । कम्पनीले बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए । हाल सो विद्यालयमा प्रारम्भिक कक्षा देखि ८ सम्म १४७  विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरूमार्फत् शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्‍याउने योजना रहेको बताएको छ । यस्ता प्रयासहरूमार्फत् संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर