काठमाडौं : हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । सहभागीहरू मध्येबाट लक्की ड्र मार्फत् यस एण्ड ब्रदर्स अटो प्रालि, विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन् ।
जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत् एक लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू समेत जित्ने अवसर पाएका थिए । बजाजले सामाजिक सञ्जालमार्फत् खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरूले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सफल भएका छन् । ग्राहकहरूले उक्त उपहारहरू प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।
सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रियामार्फत् विजेताको छनोट गरिएको थियो । विजेता आलमले १५० सीसी पल्सर मोटरसाइकल खरिद गरेका थिए । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौँले सहभागिता जनाएका थिए ।