काठमाडौँ : स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।
मंगलबार बिहान ललितपुर महानगरपालिका प्रांगणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन् ।
०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो ।
जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ । उनको स्मृतिमा बनाइएको यो शालिक ललितपुरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ ।