२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा ईभी सार्वजनिक

मध्यान्ह
२०८२ वैशाख ३० गते २०:५२
हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा ईभी सार्वजनिक

काठमाडौं : लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनको भरतपुरमा नयाँ क्रेटा ईभी (इलेक्ट्रिक भेइकल) सार्वजनिक गरेको छ । भरतपुरस्थित हुन्डाईको आधिकारिक डिलर धपनाकल ट्रेडिङमा वैशाख २९ गते विशेष कार्यक्रम आयोजना गर्दै क्रेटा ईभी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सहभागी उपभोक्ताहरूले नयाँ क्रेटा ईभीको प्रविधि, डिजाइन र कार्यक्षमताको उच्च प्रशंसा गरेका थिए । लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रतिनिधिहरूले कार्यक्रममा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी प्रदान गरेका थिए ।

कम्पनीकाअनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीप्रति रहेका शंका र चिन्तालाई कम गर्न सहयोग पुगेको छ । हुन्डाई नेपालले पहिले नै क्रेटाको पेट्रोल संस्करण नेपालमै उत्पादन गरिसकेको छ । क्रेटा ईभी र पेट्रोल दुवै संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सर्भिसिङ, स्पेयर पाट्र्सको उपलब्धता र दीर्घकालीन सपोर्टमा कुनै समस्या नहुने कम्पनीको दाबी छ ।

त्यसैगरी, विद्युतीय सवारी प्रणालीलाई अझ मजबुत बनाउन कम्पनीले चार्जिङ नेटवर्क बिस्तार गरिरहेको छ । हालसम्म देशभर ६६ वटा चार्जिङ स्टेसनहरू सञ्चालनमा आइसकेका छन् । कम्पनीले नेपालका विभिन्न सहरमा उपभोक्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै विद्युतीय सवारीको सम्भावना, सेवा सुविधा र कम्पनीको दीर्घकालीन प्रतिबद्धता सम्बन्धी सन्देश फैलाइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर