नेपाललाई कृषि प्रधान मुलुक भएपनि धान, चामल, दाल,तेल जस्ता खाद्यान्नजन्य उत्पादन आयात बढ्दो छ । कृषिमा आत्मनिर्भर बनाउने सरकारको ठोस योजना नहुदाँ आयात बढीरहेको छ भने व्यापार घाटा समेत चुलिदो छ । नेपालको वातावरण र उत्पानमुुखी जमिन हुदाँ हुदै पनि नेपाल खाद्यन्नमा आयात निरन्तर बढीरहेको छ । नेपालमा भएको जमिन बाँझो हुने तर नेपाली रोजगारीको लागि विदेश जाने संस्कृति बढ्दो छ । नेपालमा अत्यावश्यक उपभोग्य वस्तुबाट कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषयमा युवा उद्यमी एवं नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यकारी सदस्य विभोर अग्रवालसंग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
नेपालमा अत्यावश्यक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन के गर्नुपर्छ ?
नेपाल कृषिप्रधान देश हो । अधिकांश नेपालीको आम्दानीको स्रोत कृषि नै हो । तर कृषिमा आश्रित जनसंख्याले कृषिबाट लाभ लिन सकिरहेको अवस्था छै्रनन । कृषिमा संम्भावना हुदाँ हुदै पनि हामी अत्यावश्यक खाद्यन्न चामल, दाल, तेल आयात गर्नुे पर्ने अवस्था छ । आयात निरन्तर बढीरहेको छ तर नेपालका उत्पादनमुखी उद्योगहरु समस्याबाट गुज्रिरहेका छन् । उद्योगमा लगानी गर्नेहरु अहिले आत्तिएका छन् । किनभने कृषि उत्पादनजन्य उद्योग सरकारको प्रथामिकतामा पर्न सकेका छैनन् । पहिला नेपालबाट निर्यात हुने धान चामल, गँहु अहिले आयातमै भर पर्नु परेको छ । कुनै समय कृषिमा आत्मनिर्भर भएको मुलुकमा अहिले धान र चामल आयात गरिरहेको छौं । निर्यात गर्ने देश अहिले आयात गरेर आफ्नो जनतालाई खुवाउनु परेको छ । यसको मुख्य कारण कृषिमा सरकारको फोकस कम भएर नै हो ।
कृषिमा क्रान्तिको कुरा धेरै पहिले देखि बजेटमा सुनिन्छ तर कार्यान्यवन छैन । धान चामलको आयात घटाउनका लागि सरकारले कृषि, कृषक र कृषिमा आधारित उद्योगलाई प्रसय दिएमात्र कृषिमा आत्मनिर्भर हुन सक्छ । मोटामा चामल खाने होइन मसिनो चामल खाने परम्परा छ । हामीले खाने प्याटेन्ट परिर्वतन गर्न सक्दैनौ । मसिलो मंहगो हुदाँ समेत हाम्रोमा मिठो र मसिलो खाने संस्कार छ । तर सरकारले अब मसिनो धान कहाँ उत्पादन हुन्छ त्यसमा अध्ययन गरेर काम गर्न सक्यो भने त्यसबाट आयात घटाउन सकिन्छ भारतमा भन्दा नेपालमा प्रतिहेक्टर उत्पादन धेरै छ । नेपालको जमिन धान उत्पादनको लागि राम्रो छ । त्यसैले नेपालमा कृषि क्षेत्रमा संम्भावना धेरै छ ।
नेपालमा सञ्चालन भइरहेको खाद्यान्न उद्योगहरुको अवस्था कस्तो छ ?
नेपालमा उद्योग खोल्न नै गाह्रो छ । खोल्यो भने चलाउन अर्काे समस्या छ । नेपाली कच्चा पदार्थमा आधारित उद्योग अहिले संकटमै छन् । हाम्रो नीति नेपालमै उत्पादन गर्ने भन्दा आयात गर्न प्रोत्साहन गर्नेछ । किनकी आयातमा सरकारलाई तत्काल कर आउछ तर नेपालमै उत्पादन गर्ने उद्योगमा बिक्रिपछि मात्र आउछ । हाम्रो मुलुकको प्राथामिकतामा जवसम्म स्वदेशी उद्योगलाई टिकाउने र सहयोग गर्ने भन्ने हुदैन त्यतिबेलासम्म आयात गर्ने संस्कृति हट्दैन । नेपालमा खाद्यान्न उत्पादन गर्ने चामल उद्योग पछिल्लो समय धेरै खुले तर उत्पादन छैन ।
नेपालमा भात खाने परम्परा र संकृति पुरानो हो । तर मेटा चामल नेपालमा फल्छ तर मसिलो खाने परम्परा छ । मसिनो संस्कृतिको कारणले चामल आयात बढ्दो छ ।
मसिनाले धान आयात गर्नका लागि भारतकै भर छ । भारतले चामलको आयातमा रोक लगाउने हो भने नेपालमा त्यसको मुल्य ह्वात्तै बढ्छ । तर आयात धेरै हुने हो भने नेपाली चामलले मुल्य पाउदैन । त्यसको असर नेपाली राईस मिल उद्योगीहरुले भोगिरहेका छन् ।
भारतले धानमा २० प्रतिशत निर्यात कर लगाउदाँ नेपालमा राईस मिलहरु खोल्ने क्रम बढ्यो । अहिले सय भन्दा धेरै राईस मिल छन तर उत्पादन गर्न सकिरहेका छैनन् । देशमा विदेशजाने परम्पराको कारण खाने व्यक्तिहरु घटिरहेका छन् । प्रत्येक दिन २ हजार मानिस घटदा खानेमुख नै खटिरहेको छ । अग्रिम आयकरको कारण समेत चामल उद्योगहरुसमेत समस्या छ । साढे २ प्रतिशत अग्रिम आयकर हटाउन आवश्यक छ । ५ प्रतिशत कृषि सुधार शुल्क राईस मिललाई लगाइएको छ ।
आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेको छ । कृषिमा आधारित उद्योगीको लागि कस्तो बजेट आउनुपर्छ ?
कृषि क्षेत्र बजेटको पहिलो प्राथामिकता पर्नुपर्छ जस्तो लाग्छ । ३५ वर्ष अघि नेपालमा चामल निर्यात गर्न सक्यो भने अहिले नहुने भन्ने नै हुदैन । हाम्रा छिमेकी मुुलक ३५ वर्ष अगाडी आयात गर्नु पर्ने अवस्थामा थिए, हामी आत्मनिर्भर थियौं । तर उनीहरु अहिले आत्मनिर्भर भएको छन् तर हामी आयात गर्ने तर्फ लागेका छौं । अब पनि हामीले कृषिमुखी बजेट नबनाउने हो हामी अझै आयात मै निर्भर हुनुपर्ने हुन्छ । बजेटमा नेपालमा सञ्चालन भएको कृषि उद्योगलाई प्रमोर्ट गर्ने कार्यक्रम ल्याउन आवश्यक छ । कृषिमा काम गर्नका लागि स्थिर सरकारको आवश्यकता छ ।
५ वर्ष कुनै पनि सरकारले काम गर्न नसक्दा समेत कृषिमा केही हुन नसकेको हो । कृषिमा आत्मनिर्भरमा बनाउने हो कृषकलाई राहत दिने कार्यक्रम र सिंचाईमा नै जोड दिन आवश्यक छ । नेपाल सरकारलाई धान कति फल्छ भन्ने नै सहित तथ्याङ छैन । सरकारको तथ्याङमा ५९ लाख टन धान उत्पादन भएको छ । तर नेपालमा प्रत्येक नेपाली वर्षमा १ सय ३५ केजी चामल खान्छ भन्ने छ । यसलाई नेपालीको जनसंख्याको आधारमा गणना गर्नेको भने ५३ लाख टनले धानले नेपाललाई पुग्छ । सरकारको तथ्याङ हेर्नेको भने भारतबाट आयात गर्नु पर्ने देखिदैन । तर आइरहेको छ । यस वर्षपनि आयात भएको छ । तर कृषि, उद्योग मन्त्रालयसंग समेत जवाफ छैन । धान उत्पादनको तथ्याङ नै मिलेको छैन ।
नेपाल कृषिमा आत्मनिर्भर हुन कति सहज छ ?
नेपालको भूभाग र जनसंख्यालाई हेर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्न धेरै समय लाग्दैन । सरकारले कृषिमा केही गर्ने हो भने सबै क्षेत्रको इच्छाशक्ति हुन आवश्यक छ ।
नेपालमा अत्यावश्यक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगलाई बिस्तार गर्ने र आयातलाई रोक्नु पर्छ । निजी क्षेत्रले उत्पादन गर्ने उद्योगमा लगनी गरिरहेका छन । चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन बढाउने योजना बनाएर काम गर्ने हो भने ५ वर्षेमा आत्मनिर्भर हुन सकिन्छ । कृषिमा उन्नत बिउ, मल, सिचाँईमा ध्यान दिने हो भने हिमाल पहाड र तराईगरी तीन भागमा बाँडिएको नेपाली भूभागबाट धेरै उत्पादन गर्न सकिन्छ । नेपालको पाइने वातावरणलाई नेपालले अवसरको रुपमा लिन सक्नुपर्छ ।