२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

एमआरपी अन्योलताको विषयमा चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते २१:५६
एमआरपी अन्योलताको विषयमा चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपीमा कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यावसायिक संघ संस्थाहरूका पदाधिकारीहरूको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । 

चेम्बरले मन्त्री मण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतीको आधारमा मात्रै एमआरपीलाई कार्यान्वयनमा लैजानुपर्ने बताएको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र माल वस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडि बढाईनुपर्ने अहिलेको आवश्यकता देखिएको छ ।’ 

व्यावसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको क्रियाकलापले व्यावसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए । चेम्बर पदाधिकारीसँगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरूसँगको समन्वयमा थप छलफल गरी मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यकताअनुसार अघि बढाईने बताए ।

मन्त्रालयमा बुधबार भएको छलफलमा खुद्रा बिक्री मूल्य एमआरपीका सम्वन्धमा हाल देखिएका अन्यौलताबारे सवै सरोकारवालाबीचको आपसी छलफलबाट टुंग्याउनुपर्ने विषयमा सहमति भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise