२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

पाल्पाली सेवा समाज दोहा कतारले गर्‍यो क्यान्सर पीडितलाई आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असार ५ गते १८:५७
पाल्पाली सेवा समाज दोहा कतारले गर्‍यो क्यान्सर पीडितलाई आर्थिक सहयोग

दोहा कतार : पाल्पाली सेवा समाज दोहा कतारले क्यान्सर पीडितलाई ४० हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । जिल्लाको रिग्नेरह-३ पूर्वखोलाका रामु खनाललाई समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरेले भरतपुर क्यान्सर अस्पताल चितवन पुगेर नगद हस्तान्तरण गरेको समाजले जनाएको छ ।

प्यारालाइसिसको समेत बिरामी रहेका खनाल केही महिनादेखि घाँटीको क्यान्सरबाट ग्रसित छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए ।

समाजका अध्यक्ष विश्वनाथ भट्टराईले गम्भीर भन्दा गम्भीर रोगबाट ग्रसित बिमारीहरूको दु:खमा समाज सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे । बिरामी खनालले आफूलाई सहयोग गर्ने समाज र सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise