काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा ९०० रुपैयाँले बढेर १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले बढेर २ हजार २२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।