काठमाडौं : कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको गीत सार्वजनिक कार्यक्रममा सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।
दीपक शर्माको शब्द, संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वर छ । गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।
शाहीको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा भुपेन्द्र थापा मगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोको निर्देशन विनोद शाहीले गरेका हुन् ।