२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

रुबी हत्या प्रकरण : पासवानले जल्नुअघि भिडियोमार्फत भने- हत्या मैले गरें, तर दोषी उनकी आमा हुन्

shivam cement
कृष्ण तिवारी
२०८२ भदौ ११ गते ११:४९
रुबी हत्या प्रकरण : पासवानले जल्नुअघि भिडियोमार्फत भने- हत्या मैले गरें, तर दोषी उनकी आमा हुन्

रौतहट : रुबी साह हत्या प्रकरणका मुख्य अभियुक्त लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको १० मिनेटको भिडियो सन्देश सार्वजनिक भएको छ । सो भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गर्दै घटनामा रुबीकी आमा मुख्य दोषी रहेको आरोप लगाएका छन् ।

माधव नारायण नगरपालिका–६ स्थित खेतमा पासवानको जलेको शरीर प्रहरीले फेला पारेपछि उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो । हाल उनी प्रहरी निगरानीमा उपचाररत छन् ।

भिडियोमा पासवानले रुबीसँग विद्यालय स्तरमै प्रेम सम्बन्ध सुरु भएको र दुवै अदालतमा विवाह दर्ता गरे पनि दुबै परिवारले स्वीकार नगरेको बताएका छन् । उनले रुबीकी आमाले पैसाको प्रलोभनमा अन्य युवाहरूसँग सम्बन्ध राख्न बाध्य पारेको दाबी गरेका छन् ।

गत आइतबार सुटकेसभित्र फेला परेको रुबीको शवपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । भिडियोमा पासवानले रुबीको हत्या गर्नुको कारण पारिवारिक दबाब र अस्वीकार भएको प्रेम सम्बन्ध रहेको बताएका छन् । साथै, हत्या भएको रात आफू र रुबी दुवैले मर्ने निर्णय गरेको दाबी समेत गरेका छन् ।

हाल उनको उपचार गरुडास्थित अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise