२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग

Nada
२०८२ भदौ ११ गते १३:५७
Shares
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुसलीपुरको बुटवल इजलासले कैफियत प्रतिवेदन माग गरेको छ ।

ncell

न्यायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो । जिल्ला अदालत रूपन्देहीले आदेश गरेको मिसिल र आधार उल्लेख भएको प्रतिवेदन माग गरिएको हो । 

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति लामिछानेले उच्च अदालतमा सोमबार निवेदन दिएका थिए ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिए पनि जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त निवेदनलाई नै बदर गरिदिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर